काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ हजार ९२७ संक्रमित

320

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७ सय ८८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ५ सय ३७ जना संक्रमित भेटिएको हो ।

काठमाडौंमा हालसम्म १ लाख ५० हजार ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख २० हजार ४ सय ९३ जना कोरोना मुक्त भएर फर्किएका छन् । २९ हजार १ सय ४४ जना अझै संक्रमित अवस्थामा छन् । कोरोना संक्रमणबाट काठमाडौंमा ९ सय १३ जनाको ज्यान गएको छ ।

यस्तै, भक्तपुरमा ४ हजार ५ सय १९ जना संक्रिय संक्रमित छन् भने १ सय ८८ जनाको मृत्यु भएको छ ।

हालसम्म ललितपुर जिल्लामा २५ हजार ३ सय ९८ जना संक्रमित भएको छ भने १८ हजार ५ सय ८३ जनाले कोरोना जितेका छन् । ६ हजार ५ सय ५९ जना अझैपनि संक्रमित अवस्थामै छन् । कोरोना संक्रमणबाट २ सय ५३ जनाको मृत्यु भएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । यीमध्ये ९७ हजार ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय २५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...