अक्सिजनकाे सहज आपूर्तिका लागि २४सैँ घन्टा उत्पादन

647

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन विभिन्न अक्सिजन प्लान्टबाट २४ घन्टानै उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सिसिएमसीले काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा ९ वटा अक्सिजन प्लान्ट रहेको भन्दै प्लान्टबाट २४ घन्टानै उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको हो । यसका लागि सहजरुपमा विद्युत आपूर्तिका लागि विद्युत प्राधिकरणलाई भनिएको सिसिएमसी जानकारी दिएको छ । नेपालका केही अस्पतालबाहेक अधिकांश सरकारी र निजी अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नभएको अवस्थामा निजी अक्सिजन प्लान्टमा निर्भर हुनुपर्ने अवस्था रहेको सिसिएमसीका सचिव खगराज बरालले जानकारी दिए ।

हाल ९ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता ७२ सय सिलिन्डर रहेको र हाल करिब १५ हजार माग रहेकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको टड्कारो अभाव देखिएको उनले बताए । उनले सहजरुपमा अक्सिजन बितरणका लागि मेडिकल अक्सिजन वितरण कार्यविधि २०८७ कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए । सचिव बरालले अक्सिजनको आपूर्ति, ढुवानी , प्रयोग र उपयोगमा सवैको सहयोगको अपेक्षा गरेको बताए ।

त्यस्तै नेपालमा सिलिन्डर अभाव हुन नदिन अन्य देशबाट सिलिन्डर मगाइएको सचिव बरालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...