बंगलादेशबाट आज ३२ हजार भाइल रेम्डेसिभिर ल्याइँदै

388

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल ल्याइँदै छ।

नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो ।

बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिले ल्याउने २२ हजार गरी कुल ३२ हजार भाइल रेम्डेसिभिर लिन हिमायल एयरलाइन्सको जहाज बंगलादेश जाँदैछ । सो विमान आजै बेलुका नै नेपाल फर्किने बाताइएको छ।

औषधि व्यवस्था विभागका अनुसार आज ३२ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने छ । उक्त मात्राको औषधि आएपछि तत्कालका लागि देखिएको अभाव पूर्ति हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...