२४ घन्टामा हालसम्मकै धेरै संक्रमितको मृत्यु

1,150

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ३९ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ६ सय २३ आरटी पिसिआर र ७ सय ८८ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । यीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार देशभर ४ हजार ७ जना जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ७६ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...