२४ घन्टामा थपिए ९ हजार २७१ संक्रमित, कुल संक्रमितको संख्या ४ लाख नाघ्यो

काेराेना अपडेट

612

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ६ सय २३ आरटी पिसिआर र ७ सय ८८ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी दैनिक अद्यावधिक विवरणमा उल्लेख गरिएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । यीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ७ सय ७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना गरी उपत्यकामा ३ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् ।

सोमबार देशभर ४ हजार ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ७ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७ सय ९४ जना पुगेको छ । निको हुने दर ७६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ३९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...