कोरोना संक्रमणबाट बुटवलमा ४ जनाको मृत्यु

639

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा उपचाररत थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आइसियूमा उपचाररत ४ जना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आइसियूमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालमा कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै, दाङ तुलसिपुर–५ की ३७ वर्षीया महिलाको आइतबार राति १०ः०७ बजे मृत्यु भएको थियो ।

वैशाख २४ गते भर्ना भएका बुलवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७ः५२ बजे र तिलोत्तमा–१ का ६४ वर्षीय पुरुषको बिहान ८ः४२ बजे मृत्यु भएको हो ।

यसैगरी, लुम्बिनी प्रादेशिक अस्पतालमा तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९ः५० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ७१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...