देशभरका ६९ जिल्लामा निषेधाज्ञा [सूचीसहित]

388

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै जारी गरिएको निषेधाज्ञा देशभरका ६९ वटा जिल्लामा लागु भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण देशभर फैलने क्रम जारी रहेपछि हालसम्म देशभरका ८ जिल्ला बाहेक अर्थात ६९ जिल्लामा निषेधाज्ञा लागु गरिएको हो।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला छन् भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको हो ।

वैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि कोरोना सङ्क्रमण र मृत्यु दरमा कमी आउन नसक्दा निषेधाज्ञाको दायरा फराकिलो बन्दै गइरहेको छ । जसअनुसार झन्डै पुरै देश बन्दाबन्दीको अवस्थामा पुगेको छ । यसबाट मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास गरेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिएको र कतै सर्वसाधारणले नै हेल्चर्क्याइँसमेत गरेको देखिएको जन स्वास्थ्यविदहरुले बताएका छन् । झन्डै २० दिनको अवधिमा ६९ जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ ।

सूची हेर्नुस्

निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण २६
Share This:
सम्बन्धित खबर
Loading...