काठमाडौं उपत्यकामा थपिए ४ हजार ११८ जना कोरोना संक्रमित

551

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ हजार १ सय ६१, ललितपुरमा ५ सय ३ र भक्तपुरमा ५ सय ४ जना गरी उपत्यकामा ४ हजार १ सय ९८ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ८ हजार ८ सय ५० जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको छ । यीमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आइतबार देशभर ४ हजार २२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार २२ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २ हजार ७ सय ८७ जना पुगेको छ । निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५२ जनासहित ८८ जनाको संक्रमणबाट मृत्यु विवरण प्राप्त भएकाे प्रवक्ता डा.गाैतमले बताए । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...