काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ८ सय ५० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १८ हजार ७ सय ८७ आरटी पिसिआर र ५ सय ०६ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर विधिबाट ८ हजार ७ सय ७७ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको छ । यीमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
काठमाडौंमा ३ हजार १ सय ६१, ललितपुरमा ५ सय ३ र भक्तपुरमा ५ सय ४ जना गरी उपत्यकामा ४ हजार १ सय ९८ जना संक्रमित थपिएका छन् ।
आइतबार देशभर ४ हजार २२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार २२ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २ हजार ७ सय ८७ जना पुगेको छ । निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ५२ जनासहित ८८ जनाको संक्रमणबाट मृत्यु विवरण प्राप्त भएकाे प्रवक्ता डा.गाैतमले बताए । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।