ओम अस्पतालले भन्यो–‘अक्सिजन छैन, थप बिरामीलाई भर्ना गर्न सक्दैनौँ’

528

काठमाडौं । काठमाडौंस्थित ओम अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ ।

अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्सलगायतका मानव संशाधन पर्याप्त भए पनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै पनि थप बिरामीको उपचार गर्न असमर्थ रहेको अस्पतालले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...