दुबईबाट स्वदेश फर्कँदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

11

काठमाडौँ, १३ साउन । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् ।

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चैमाला घर भइ हाल गोदावरी नगरपालिका–८ स्याउले बस्ने निर्मला साउद कतार एयरवेजबाट नेपाल आउने क्रममा पक्राउ परेकी हुन् ।

अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा ‘कालोसूची’ मा देखिएपछि सक्कल राहदानीसहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको थियो ।

निजलाई मङ्गलबार कारबाहीका लागि कैलालीको मालाखेतीस्थित इलाका प्रहरी कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...