उपराष्ट्रपति यादव स्वदेश फिर्ता

13

काठमाडौँ, ३२ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गर्नुभयो । सो अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राईलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुभएको थियो । उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

Share This:
सम्बन्धित खबर
Loading...