अनुगमनपछि मन्त्री रावलको निर्देशन- ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस्’

11

काठमाडौँ, २४ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिनुभएको हो ।

सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुनअनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिनुभयो ।

“मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्,” मन्त्री रावलले भन्नुभयो, “कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस् ।”

उहाँले भन्नुभयो, “नापी र मालपोतमा पुग्दा जनताले सबैभन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबैभन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।”

Share This:
सम्बन्धित खबर
Loading...