मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

14

काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रीपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्‌मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले रहनुभएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरूको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरीयतामा हुनुहुन्थ्यो ।

हाल १५ सदस्यीय मन्त्रीपरिषद्‌मा १५औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...