रामेछाप, १८ फागुन । रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ‘ख’का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका–६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुन् ।
रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नम्बर ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।
दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।