काठमाडौँ, ९ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० रूपैयाँ र चाँदी ३२० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रूपैयाँ त्यति नै चाँदीको मोल छ हजार १९० रूपैयाँ कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रूपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रूपैयाँ कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रूपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रूपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रूपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रूपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।