बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?

18

काठमाडौँ, ३० पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रूपैयाँ कायम भएको छ ।

मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रूपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रूपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० रूपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रूपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला चार हजार ९९० रूपैयाँमा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु पाँच हजार १९५ रूपैयाँमा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...