वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

14

कञ्चनपुर, १४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाख ३८ हजार ३४० रूपैयाँको लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भन्नुभयो । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उहाँले सुनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...