रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, ११ जना घाइते

13

रामेछाप, २६ भदौ । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान कारागारबाट कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।
कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।

हाल कारागारमा ३३४ जना कैदीबन्दीहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...