आन्दोलनकारीको सन्देश- ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔँ’

13

काठमाडौँ, २४ भदौ । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार अपरान्ह काठमाडौँको राष्ट्रिय अभिलेखालयको कार्यालयअघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन् ।

‘इतिहास जोगाऔँ’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔँ’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...