काठमाडौँ, २४ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई घर फर्किनका लागि आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत देश जेन–जीकै हातमा रहेको र अब जति क्षति हुन्छ आफ्नै हुने भन्दै घर फर्कन आग्रह गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ ,’प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुस्।’