नेपाल ‘ए’ आसामसँग पराजित

37

काठमाडौँ, १२ भदौ । भारतमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग १५ रनले पराजित भएको हो । पाँच खेलको श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ । श्रृङ्खलाको दोस्रो खेल भोलो हुनेछ ।

आसामले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पन्छाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ए का शुभ कंसाकारले ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साह २०, पवन सर्राफ ६ र इशान पाण्डे एक रन बनाएका थिए ।

आसामका लागि मरिनमोय दत्त र आकाश सेनगुप्ता समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९० रनको योगफल बनाएको थियो ।

आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले समान दुई/दुई विकेट लिए भने आदिल आलम अन्सारीले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...