नेपाल थाइल्याण्डसँग पराजित

19

काठमाडौँ, १९ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टिम थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको छ । थाइल्याण्डको थामासात स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा थाइल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो । थाइल्याण्डले खेलको ५९औँ र ७३औँ मिनेटमा गोल गरेको थियो ।

फिफाको महिला फुटबलको वरियतामा थाइल्याण्ड ४७औँ स्थानमा छ भने नेपाल ९९औँ स्थानमा रहेको छ ।

नेपाली महिला टिमले अष्ट्रेलियाका एएफसी महिला एसिया कप–२०२६ छनोटका तयारीका निम्ति थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेलेको हो ।

यो खेलपछि नेपालले यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्ने छ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान रहेका छन् ।

उज्बेकिस्तानमा हुने छनोट खेलमा नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका र ५ जुलाईमा उज्बेकिस्तानसंग खेल्ने तालिका रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...