निक पोथास बने नेपाली क्रिकेटको कन्सल्टेन्ट कोच

13

काठमाडौँ, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकाका निक पोथासलाई स्कटल्याण्ड टुरका लागि कन्सल्टेन्ट कोच नियुक्त गरेको छ ।

५१ वर्षीय पोथास दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर ब्याटर हुन् । उनले यसअघि श्रीलंका र बंगलादेशको कोचिङ टिममा रहेर काम गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिम हाल इङल्याण्डमा अभ्यास खेल खेलिरहेको छ । नेपालले आइसिसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा सिरिज खेल्ने तालिका रहेको छ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग(२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।

त्यस्तै, त्रिकोणात्मक टी-२० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...