प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

9

काठमाडौँ, १४ जेठ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि बसेको बैठक विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि समयमा बैठक बस्न नसकेपछि संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै विशेष कारणले साढे ३ बजे बस्ने गरी सभामुखले निर्धारण गरेको जानकारी दिएको थियो ।

बिहीबारको बैठकमा बजेट प्रस्तुत हुने छ । गृहमन्त्रीको राजीनामाको माग गरेर संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरु बजेट प्रस्तुत गर्न दिन भने सकारात्मक रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...