बुटवल, १४ जेठ । बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको विभत्स हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज बिहान करिब ४ बजे ३३ वर्षीया आमा दीपा बस्याल र ७ वर्षीया छोरी स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको छ ।
घटनामा संलग्न भएको भन्दै सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कोइराला दीपा बस्यालका पूर्वपति हुन् । बस्यालले कोइरालासँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् ।
कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल बसरे संविधान दिवसको अवसरमा सरकारले दिएको माफी पाएर रिहा भएका थिए ।