विश्वकप लिग-२ : ओमानमाथि अमेरिका ९ रनले विजयी

8

काठमाडौँ, १४ जेठ । अमेरिकाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अमेरिकाले ओमानलाई ९ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको २९४ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

ओमानका लागि सुफयान मेहमुदले सर्बाधिक ७२ रन बनाए भने हमाद मिर्जाले ५० रन बनाएका थिए । त्यस्तै, विनायक शुक्लाले ४६ र कप्तान जितेन्दर सिंहले ४२ रन बनाएको थियो । त्यस्तै, अमेरिकाका बलर हर्मित सिंह र जसदिप सिंहले ३-३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २९३ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्बाधिक ७३ रन बनाएका थिए भने समित पटेलले ४१, सञ्जय कृष्णामुर्थीले ४० र शयन जहानगिरले ३७ रन बनाएका थिए । त्यसैगरी ओमानका सुफयान मेहमूदले ३ तथा शकील अहमद र अमिर कालीमले २-२ विकेट लिएका थिए ।

यो जितपछि लिग-२ मा अमेरिकाको २० खेलमा २८ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै, ओमानको २० खेलमा २४ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

जारी लिग-२ को अंक तालिकामा नेपाल १२ खेल खेल्दै ६ अंक हासिल गरेर पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...