सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक श्रेष्ठको सालिक अनावरण

32

खाँदबारी, १४ जेठ । सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा चैनपुर नगरपालिका–६ जिरोपोइन्टमा शालिक अनावरण गरिएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले मङ्गलबार शालिक अनावरण गर्नुभएको हो । उहाँले स्व श्रेष्ठको योगदान स्मरण गर्दै उहाँको जन्मथलोमा शालिक अनावरण गर्नु गौरवको विषय भएको बताउनुभयो । चैनपुर नगरपालिकाको करिब रु छ लाख सहयोगमा उक्त शालिक निर्माण गरिएको हो ।

कृष्णमोहन श्रेष्ठ नेपालको पहिलो सशस्त्र प्रहरी बल प्रमुख हुनुका साथै सङ्गठनको जग हाल्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा २०५९ माघ १२ गते दुवैजनाको हत्या भएको थियो । श्रेष्ठको नेतृत्वमा २०५८ सालमा ससस्त्र प्रहरी बलको स्थापना भएपछि उहाँले प्रारम्भिक संरचना, कार्यदिशा तथा सङ्गठनात्मक रणनीति तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । हत्या भएको २२ वर्षपछि शालिक निर्माण गरिएको हो ।

शालिक अनावरणका क्रममा ससस्त्र प्रहरी बलको टोलीले सम्मान स्वरूप श्रद्धाञ्जली अर्पण गरेको थियो । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...