सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो

22

खाँदबारी, १३ जेठ । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्‍याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताउनुभयो ।

त्यस्तै, कालोसूचीमा परेका ग्राहकबाट थप ६ लाख उठाइएको यादवले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत २४ करोड १९ लाख सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...