रोनाल्डोले दिए अल नासर छोड्ने संकेत

6

काठमाडौँ, १३ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासर छोड्ने संकेत गरेका छन् ।

लिगको अन्तिम खेल खेलेपछि रोनाल्डोले एक सांकेतिक सन्देश सामाजिक सञ्जालमा लेखेका छन् । रोनाल्डोले यो च्याप्टर समाप्त भएको लेखेका छन् । उनले लेखेका छन्- “यो अध्याय सकियो, कथा ? अझै लेखिँदै छ । सबैलाई धन्यवाद ।”

लिगको अन्तिम खेलमा अल फातेहसँग ३-२ गोल अन्तरले पराजित भएसँगै अल नासर तेस्रो स्थानमा रहेर यस सिजनको लिग समाप्त गरेको छ । अल नासरको ३४ खेलमा ७० अंक रहेको छ ।

अल नासर यस सिजनमा तेस्रो स्थानमा रहेसँगै एएफसी च्याम्पियन्स लिगको इलाइटमा छनोट हुन असफल भएको छ ।

रोनाल्डोले साउदी प्रो लिगमा लगातार दोस्रो सिजन गोल्डेन बुट भने जितेका छन् । उनले यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका छन् । त्यस्तै, अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।

रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् । अल नासरमा जुन ३० सम्म मात्र सम्झौता रहेकाले उनले लेखेको सन्देश अनुसार क्लब छोड्ने स्पष्ट संकेत गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डोले अब अल नासर छोडेर आगामी जुलाईमा अमेरिकामा हुने क्लब विश्वकप क्लबमा जानसक्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...