डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

36

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १२५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर ९५२, पोखरामा ७८२ र भैरहवामा ७६७ निगमले तोकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...