राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

42

काठमाडौँ, १५ चैत । काठमाडौँको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रहरी प्रवक्त डिआइजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिनुभयो ।

उहाँले भन्नुभयो,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उहाँले कर्फ्यु आदेश गरिसकेको भए पनि अवस्था सामान्य नबनेको बताउनुभयो ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...