काठमाडौँ, १३ चैत । प्रतिनिधिसभाको बैठक आधा घन्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद् अवरोध गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरुले घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।