ओलीजी र म गोलघरमा सँगै बसेका हौँ, सम्बन्ध पुरानै हो : देउवा

23

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै उहाँले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ओलीजी र कांग्रेबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौँ । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँ पनि सँगै थियौँ । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदै छौँ । अहिले सत्तामा सहकार्य गरिरहेका छौँ । कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ ।’

त्यस्तै, उहाँले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरुबीच उतारचढावको सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दा सम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैले अर्को पार्टी खोले । त्यसैले उहाँसँगको सम्बन्ध चाहिँ उतारचढावको सम्बन्ध छ ।’

Share This:
सम्बन्धित खबर
Loading...