काठमाडौँ, ९ चैत । उपसभामुख इन्दिरा राना मगरले संघीयताले शक्तिको बाँडफाँड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताउनुभएको छ । उहाँले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताउनुभयो ।
शनिबार काठमाडौँमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उहाँले शक्तिको बाँडफाँड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन् ।
‘शक्तिको बाँडफाँड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ । तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौँ । सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौँ । प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उहाँले भन्नुभयो ।