मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रेग्मी प्यानलसहित विजयी

37

हेटौँडा, ६ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरको सबैभन्दा ठुलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी हुनुभएको छ ।

नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित हुनुभयो । उहाँ यसअघिका सभापपि समेत हुनुहुन्छ ।

सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी बन्दा उहाँका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल ७०४ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याउनुभयो ।

सदस्यतर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दीप थापा, विवश अर्याल तथा अतित अधिकारी विजयी हुनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...