नेपाल नामिबियासँग पराजित

0

काठमाडौँ, २८ फागुन । युगाण्डामा जारी चारदेशीय अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार ब्यहोरेको हो ।

नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउँदै १०२ रनमात्र जोड्न सक्यो । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी साना प्रवीणले नेपालका लागि ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा १५, पूजा महतो १५, ओपनर सम्झना खड्का २, रुविना क्षेत्री ७, कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहिन् ।

बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

जारी खेलमा नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिएकी छन् ।

त्यसअघिको दुई खेलमा पनि नेपाल पराजय भएको थियो । आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । यो सँगै नेपालको तेस्रो हार हो ।

Share This:
सम्बन्धित खबर
Loading...