जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

1

जनकपुर, २८ फागुन । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार बिहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायब प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...