काठमाडौँ, २४ फागुन । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले हरेक क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल समाजवादी महिला संघले आयोजना गरेको वैकल्पिक राजनीति र महिला नेतृत्व विषयक संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता खोजे पनि पुरुषको अर्थपूर्ण सहभागिता नखोजिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा महिलाहरुको सहभागिता र उपस्थिति भएर मात्र हुँदैन त्यो अर्थपूर्ण हुनुपर्यो । अर्थपूर्ण सहभागिता पुरुष र महिलाको पनि हुनुपर्यो ।’
साथै उहाँले उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायहीहरुलाई ‘चोर’ हुन् भन्ने नजरले सरकारले जबसम्म हेर्छ तबसम्म व्यवसायीहरुलाई प्रोत्साहन नहुने बताउनुभयो ।