भौतिक पूर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

1

काठमाडौँ, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताउनुभएको छ ।

आइतबार संघीय ससद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले ताप्लेजुङमा निर्माण भइरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडिओहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिँदैन । भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’

उहाँले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिकर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताउनुभयो ।

यस्तै, राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिनुभयो । उहाँले कांग्रेस डरलवादी संगठन भएको आरोप पनि लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...