एमाले महासचिव र रुसी कूटनैतिक अधिकारीबीच भेटवार्ता

12

काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसिएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ ।

सोमबार भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दूतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डाबारे पनि छलफल गरेको बताइएको छ ।

भेटपछि दुतावासले विज्ञप्ति जारी गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाइ भएको उल्लेख गरेको छ । नेपाल र रुसबीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ हेरिएको छ ।

नेपाली युवालाई अवैध रुपमा रुस लगि सेनामा भर्ति गरेको विषयमा रुसले प्रतिक्रिया दिएको छैन । रुस युक्रेन युद्धमा २० जनाभन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...