लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारबाहीको माग

24

Nepal काठमाडौँ, ३ फागुन । लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको हो ।

रातको समयमा उत्तेजित भीडले उहाँको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत् जनाएको छ ।

सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । ढकाल खतरा मुक्त रहेको सेनाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...