काठमाडौँ, १५ साउन । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुबेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् पूर्वखानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।
नवलपरासी घर भएका ९ जनामध्ये ४ जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्वमन्त्री खानका स्वकिय सचिव इञ्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताउनुभयो ।
उहाँले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो ।