महोत्तरी, २७ माघ । महोत्तरीमा यात्रुवाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना५ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।
बस महोत्तरीको माईस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् ।
घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।