पाथीभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

16

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथीभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताउनुभएको छ ।

शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपश्चात पाथीभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसका लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा पाथीभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनुभयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’

यसको साथै उहाँले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नका लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...