खाँदबारी–किमाथाङ्का सडक खण्डको निरीक्षण

19

खाँदबारी, १५ माघ । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथाङ्का सडक खण्डअन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ ।

भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो ।

२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथाङ्का सडक आयोजनामध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो ।

आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...