टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको जित

18

काठमाडौँ, १३ माघ । नेपाल पुलिस क्लबले पाँचौँ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ ।

आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पुलिसले सुरुको दुई सेट २५–२२ र २५–२१ ले जित्दै २–० को अग्रता बनाएको थियो भने गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिको दुई सेट २५–१९ र २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को स्थितिमा पुर्‍यायो । त्यसपछि पाँचौँ तथा अन्तिम सेट १५–१० ले जित्दै पुलिसले खेल जितेको हो ।

जितपछि पुलिसले अब विनर ग्रुपमा रहेर खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...