हिमाललाई जोगाउन सकिएन भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे

17

काठमाडौँ, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताउनुभएको छ ।

एमएस म्युजिक एण्ड इन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो,‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ ।’ उहाँले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनुपर्ने बतानुभयो । साथै उहाँले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अथितिदेवो भवको मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

अवार्ड कार्यक्रमम १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...