काठमाडौँ, १३ पुस । डा.सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बोल्नुहुँदै उहाँले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज नेपालीहरु नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपाईंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सुसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो ।’