नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्त्व छ : प्रधानमन्त्री ओली

16

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।

शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रा मन्दिरहरु र मन्दिरका शैलीहरुको विशेष महत्त्व रहेकाले नेपाल आफैँमा भरिपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा चाडहरु, कला संस्कृतिहरु अत्यन्तै महत्त्वपूर्ण छन् । नेपालको कला, नेपालको संस्कृतिको ऐतिहासिक महत्त्व छ । मन्दिरहरु, मन्दिरका शैलीहरुको आफ्नै महत्त्व छ । आफ्नै ऐतिहासिकता छ । हजारौँ वर्ष अगाडिदेखि हाम्रा कलाहरु अत्यन्तै स्थापित छन् ।’

साथै उहाँले विभिन्न देशका मानिसहरु नेपालको कलाहरु सिकिरहेको समेत बताउनुभयो । उहाँले नेपाल नै कला, संस्कृति र सभ्यताको देश भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...